दफा
परिषद्को बैठक सम्बन्धी व्यवस्था
: (१) परिषद्को बैठक वर्षको कम्तीमा दुर्इ पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) परिषद्को सदस्य-सचिवले परिषद्को बैठक बस्ने मिति, समय र स्थान तोकी बैठकमा छलफल हुने विषयसूची सहितको सूचना बैठक बस्ने समयभन्दा अठ्चालीस घण्टा अगावै सबै सदस्यले पाउने गरी पठाउनु पर्नेछ ।
तर तत्काल परिषद्को बैठक बोलाउन आवश्यक भएमा अध्यक्षले अठ्चालीस घण्टा अगावै परिषद्को बैठक बोलाउन सक्नेछ ।
(३) परिषद्का पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ ।
(५) परिषद्को निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(६) परिषद्ले आवश्यकता अनुसार सम्बन्धित निकाय वा सङ्घ संस्थाका प्रतिनिधि र विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(८) परिषद्को निर्णय परिषद्को सदस्य-सचिवले प्रमाणित गरी राख्नेछ ।